आगामी असार ३१ गते लाई रिलिज मिती तोकिएको फिल्म 'सिल्ली फो' को डबिङ सकिएको छ l निर्माण टिमले यस् बारे जानकारी गराएका हुन् l राज बहादुर सानेको निर्देशनमा बनेको फिल्मको सहनिर्मात विशाल श्रेष्ठ र सागर विष्ट हुन् l फिल्म कमेडी जनरामा निर्माण भएको छ l चार बदमासको कथामा फिल्म निर्माण भएको छ l फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् l फिल्ममा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायताका कलाकारको अभिनय रहेको छ । यही फिल्मबाट दिनेश रेग्मी, भूगोल कार्की र रमेश बजगाईँको अभिनय रहेको छ l फिल्मलाई दिव्यराज सुवेदीले खिचेका हुन् l तारा थापा किम्भेको सम्पादन फिल्ममा समावेश छ l ह्याप्पी फिल्मको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।