बलिउड फिल्म ‘प्रोजेक्ट के’ मा अभिनेत्री दिशा पटानी अनुबन्धित भएकी छिन् । फिल्ममा आफू एन्ट्री भएको नायिका पटानीले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् l पटानी अभिनेता प्रभासको अपोजिटमा देखिने छिन् l   फिल्मको निर्देशन नाग अश्विनले गर्दै छन् । फिल्ममा दीपिका पादुकोण र अमिताभ बच्चन समेत देखिँदै छन् । महँगो बजेटमा निर्माण हुने फिल्म  तेलुगूका अलवा तमिल, कन्नड, मलयालमको साथमा फिल्म हिन्दी भाषामा समेत रिलिज हुनेछ ।