निर्देशक दिवाकर भट्टराई फिल्म‘हनी बनी’लिएर लन्डन उडेका छन् l फिल्म छायङकनको लागि निर्माण युनिट कलाकार लिएर लन्डन उडेका हुन् l कलाकार सलोन र दिवाकर लन्डन गएका हुन् l  सबै छायांकन बेलायतका विभिन्न सहरमा हुने योजना छ ।  नायिका जसिता गुरुङ पनि अहिले लण्डनमै छिन् l फिल्ममा नायकको भूमिकामा भारतमा रहेर म्युजिक भिडियोमा अभिनय गरेका एक मोडल फाइनल भएको जनाइएको छ । छायांकनकै लागि उनको पनि बेलायती प्रवेशाज्ञा लिने प्रक्रिया सुरु रहेको जनाइएको छ l फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । अधिकांश छायांकन लन्डनमा गरिने फिल्ममा सलोनको भूमिका बारे भने खुलाईएको छैन l ७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्मलाई रबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो l फिल्ममा नयाँ अनुहारको पनि अभिनय रहनेछ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् l