हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को टिजर ट्रेलर रिलिज भएको छ । जेम्स क्यामरुन निर्देशित बहुप्रतीक्षित फिल्मको ट्रेलर १ मिनेट ३७ सेकेन्ड लामो रहेको छ l ट्रेलरमा पान्डोरा ग्रहको सौन्दर्यसँगै बहुमूल्य खनिज धातुको लोभमा उपनिवेश बनाउने चाहना बोकेको मानिससँगको संघर्षलाई देखाइएको छ l

अवतारको यो दोस्रो श्रृंखलालाई पानीमुनि छायांकन गरिएको छ । आगामी पुस १ गते नेपालमा समेत प्रदर्शन हुँने फिल्ममा मुख्य पात्र ज्याक सुलीको भूमिकामा साम वर्थिङ्टनले अभिनय गरेका छन् ।