फिल्म ‘२ नम्बरी’को छायांकन सकिएको छ । दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मको २८ औँ दिनमा पोखरामा इन्डकल्याप भएको हो ।पोखरा आसपासमा सुट गरिएको फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् l मित्रताको कथा पेश गर्ने फिल्मको निर्देशन दीपेन्द्र लामाले गरेका छन् l फिल्ममा उँगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य अभिनय छ ।  अनुसार २८ औँ दिनमा पोखरामा इन्डकल्याप भएको हो । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ फिल्मको निर्माता हुन् l