फिल्म ‘सत्यम् : राइजिङ अफ द हिरोज्’को शीर्ष गीत रिलिज भएको छ । राम्रो इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज भएको गीतमा कुटुम्ब ब्याण्डको संगीत छ । गीतमा राजु महर्जनको स्वर, निर्माता रेशम सापकोटाको शब्द र योगेशकाजीको कन्सेप्ट छ ।

फिल्ममा फ्लोरमा जानु अगावै निर्माण टिमले गीत सार्वजनिक गरेका हुन् l गीतमा अभिनेता हमाललाई मात्र फिचर्ड गरिएको छ ।