‘लाइफ इन एलए’को ‘पागल प्रेमी’ बोलको गीत रिलिज भएको  छ । गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर छ । एलिस कार्कीको संगीत गीतमा छ l गीतमा मुख्य कलाकार ब्यास बिस्सु, शिल्पा मास्के र अकेशा बिष्टलाई फिचर्ड गरिएको छ ।  ‘लाइफ इन एलए’ को दृश्य अमेरिकामा र नेपालमा खिचिएको छ l वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित रहेको छ l  फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।

 

फिल्मका निर्माता व्यास बिस्सु र राजेन्द्र ठकुरी हुन् भने संसार सुवेदी कार्यकारी निर्मातामा रहेका छन् । शिल्पा मास्के र गौरव पहारीको अलावा फिल्ममा अकेशा विष्ट, व्यास बिस्सु, जेरेड विलप्स, बुद्धि तामाङ, विष्णु गौतम लगायतको मुख्य भूमिका रहेको छ l