फिल्म ‘हनी बनी’ मा नायकको रुपमा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्धित भएका छन् । निर्देशक दिवाकर भट्टराइले अभिनेता अनुबन्धित भएको जानकारी गराएका हुन् l बलिउडमा मोडलिङ गरिरहेका अभिमन्यूले ‘लैजा मजनु’ नामक सिनेमाबाट बलिउड र टिसिरिजको चर्चित गीत ‘याद पियाकी आने लगी’ लगायतका थुप्रै भिडियोमा मोडलिङ गरेका छन् ।  फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । ७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्मलाई रबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो l फिल्ममा नयाँ अनुहारको पनि अभिनय रहनेछ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् l