जेठ् ६ मा रिलिज गरीने भनिएको नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ को रिलिज मिती पोस्टपोन्ड भएको छ l   प्रचार-प्रसारका लागि समय अभाव भएको र यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको माहोललाई मध्यनजर गर्दै निर्माण टिमले पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शन नगर्ने निर्णय गरेको हो । निमेष प्रधानको निर्देशन रहेको फिल्ममा निर्माताको रुपमा आदित्य प्रधान र रेविका प्रधान रहेका छन् l निर्देशक प्रधान डेब्यु निर्देशन रहेको फिल्मलाई सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन गरिएको छ l फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंको रहेको छ भने शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको संवाद लेखेका हुन् ।