कलाकार किशोर भण्डारी उर्फ 'डिट्ठा साव' काँग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी भएका छन् l  तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि उम्मेदवारी दिएका भण्डारीले जनताको मन जित्दै विजय हासिल गरेका हुन् । उक्त खबर किशोर स्वयमले आफ्नो सामाजिक सञ्जाल मार्फत बताएका हुन् l दर्जनौँ टेलिसिरियल अभिनय गरेका भण्डारी पछिल्लो समय ‘हर्के हवलदार’मा समेत देखिँदै आएका छन् । भण्डारी फिल्मका निर्देशक पनि हुन् ।