स्क्यान्डलमा परेपछि लामो समयसम्म सन्जाल बाट टाढा बसेकी गायिका समिक्षा अधिकारी सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छन् l उनी अहिले सामाजिक सञ्जालमार्फत घुमाउरोरुपमा आफ्ना भावना पोख्न थालेकी हुन् । हालै पनि उनले एक स्ट्याटस सन्जालमा लेखेकी छन् l उनले एउटा उदास तस्वीर पोष्ट गर्दै लेखेकी छन्, हरकोहीको नजरमा राम्रो बन्न त सकिँदैन, बस आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस ।’