कलाकार तथा पाइलट विजय लामालाई पितृ शोक परेको छ l  मनमोहन कार्डिओ थोरासिक अस्पताल, महाराजगन्जमा (CCU) उपचारको क्रममा उनको पिताको निधन भएको हो l ह्रिद्यघातको कारण अस्पतालमा केही दीन देखी उपचार भइरहेको हेम लामाको आज अस्पतालमै निधन भएको l पिताको निधन भएको जानकारी उनका छोरा विजय सामाजिक सञ्जालमार्फत बताएका हुन् l सञ्जालमा विजय लेख्छन्:   अत्यन्तै दुःखका साथ मेरो प्यारो बाउले सधैको लागि हामी सबैलाई छोडेर जानू भएको अवगत गराउन चाहन्छु यो स्ट्याटस मार्फत। करिब दुई हप्ता देखि स्वास्थ्यमा कठिनाइ आएकोले उहाँ "मनमोहन अस्पतालमा ccu मा हुनुहुन्थ्यो  र  आज दिउसो १:१५  बजे मेरो हातमा उहाँले अन्तिम सास लिनु भयो l मेरो आमा पनि यसै गरी मेरो हातमा अन्तिम सास लिनुभएको थियो 1997 सेप्टेम्बरमा!! मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाँहरु सँगै भएकोमा आफूलाई भाग्यशाली ठान्दछु l तर के गर्नु आखिर मन त होनि! भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि!उहाँ भेट्नुहुने सबैका लागि मित्र हुनुहुन्थ्यो र उहाँलाई चिन्ने सबैको लागि शक्तिको स्रोत हुनुहुन्थ्यो। हामी भोलि बुद्ध जयन्तीको दिन  (11 a.m till 2 p.m) मा बालुवाटार आफ्नै निवासमा उहाँको अन्तिम बिदाइ गर्न गई रहेका छौ ! बुद्ध धर्मको नियम अनुसार हामी उहाँको पार्थिव शरीरलाई भोलि २ बजे स्वोयम्बुनाथ घाटमा दाहसंस्कार गर्नका लागि लग्नेछौ l कृपया अन्तिम श्रद्धान्जली दिन चाहने हरु बालुवाटार निवासमा आउन सक्नु हुनेछ l बाउ तिमि बिना मलाई बस्ने बानि छैन , तिम्रो यादले निक्कै सताउने छ ,  तर मलाई विश्वास छ तिमि जहाँ छौ खुसि छौ, तिम्रो खुसि नै मेरो खुसि हुनेछ l"अब म तिमिलाइ कल्पनामा मात्र जिस्काउछु है?  सायद झस्किन्छु होला तिमिलाइ नपाउदा! ए बाउ किन??? आखिर हार भयो नि मेरो???