गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । २७ टोली सँग सगरमाथा पुगेका राजुले आज बिहान ४ बजेदेखि ६ः४० को बिचमा सगरमाथा शिखरमा पाइला टेकेका हुन् l ८ जना विदेशी सहित १८ नेपाली सँग सगरमाथा उक्लिएका राजु इमेजिन नेपाल एभरेस्ट एक्सिपिडिसत २०२२ अन्तर्गत सगरमाथा पुगेका हुन् l आरोहणको नेतृत्व मिङ्मा जीले गरेका थिए ।