फिल्म ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ l ‘वसन्त’ बोलको गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर समावेश छ l फिल्म ‘लाइफ इन एलए’ को दृश्य अमेरिकामा र नेपालमा खिचिएको छ l
वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित रहेको छ l आगामी जेठ ६ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन्