अभिनेत्री सुरक्षा पन्त सहभागी हुनको लागि प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा पेरिस तर्फ प्रस्थान गर्दै छिन् l इटाली, बेल्जियम र फ्रान्सको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘द एइठ् माउन्टेन्स’को प्रिमियरमा भाग लिन उनी पेरिसतर्फ प्रस्थान गर्न लागेकी हुन् । कान्समा अभिनेत्री पन्तले प्रिमियर, प्रेस मिट, फोटो सुट लगायतका समारोहमा भाग लिने जनाएकी छिन् । आज दिउसो २ बजे उनी फ्रान्स तर्फ प्रस्थान गर्ने छिन् l बेल्जियमका दुई निर्देशकहरू फेलिक्स भान ग्रोनिन्जेन र चार्लोटी भान्डरर्मिस्चद्वारा निर्देशित फिल्ममा इटाली र नेपालमा छायांकन गरिएको हो । कोरोना महामारीले अघिल्ला दुई वर्ष रोकिएको फेस्टिभल आजदेखि फ्रान्समा सुरु हुँदै छ ।