टेलिभिजन रियालिटी सो ‘ट्यालेन्ट हन्ट’ निर्माण हुने भएको छ । अडिसन खुल्ला गर्दै शो निर्माण हुने जानकारी गराइएको हो l अडिसनमा भाग लिन चाहनेले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाइ पठाउनुपर्ने भएको छ । गायन, नृत्य, अभिनय, कमेडी विधाका प्रतिभाले प्रतिस्पर्धा गर्न सक्ने छन् l सोमा विजयी हुनेले ५० लाख रुपैयाँ नगद प्राप्त गर्नुका साथै यसबाहेक फिल्म, टेलिसिरियल र म्युजिक भिडियोमा काम गर्ने मौका समेत पाउने छन् l असोजमा विजेता छनौट हुने छन् भने निर्माण संस्था साइना साहारा ग्रुपले अडिसन खुला गरेको हो । सोको निर्णायकमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल छन् ।