विश्वज्योति हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।  जमलस्थित सो हल नयाँ स्वरूपका साथ सञ्चालनमा आउन लागेको हो l  वरिष्ठ हास्य कलाकार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा शुभारम्भ गरिएको सिनेमा हलमा मल्टिप्लेक्समा २०१ र ८९ सिट क्षमताका दुई अडिटोरियम छन् ।  थ्रिडी र अत्याधुनिक प्रविधि जडान गरिएको हल सुविधा सम्पन्न हल मल्टिप्लेक्सको माथिल्लो तलामा खुलेको हो । खुलेको पहिलो दिनमा सिनेमा हलमा लक्का जवानसहित डक्टर स्ट्रेन्ज २ लगायतका फिल्म प्रदर्शन हुने छन् l