निर्देशक दिवाकर भट्टराई को निर्देशन रहने फिल्म 'हनी बनी' को छायाङ्कन सुरु भएको छ l लन्डन बाट फिल्मको छायाङ्कन सुरु भएको हो l सुटिङ सुरु भएको फिल्म तस्बिर पनि सार्वजनिक भएको छ जसमा कलाकारहरू जसिता गुरुङ, सलोन बस्नेत, अर्जुन श्रेष्ठ, सूर्यमाला खनाललाई देख्न सकिन्छ ।  फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । ७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्मलाई रबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो l फिल्ममा नयाँ अनुहारको पनि अभिनय रहनेछ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् l