आज शुक्रबार चलचित्र हेर्न सोच्दै हुनुहुन्छ भने आज एक साथ दुई चलचित्र प्रदर्शन हुदैँ छन । जसमा नायक पल शाह अभिनित चलचित्र 'जोनी जेन्टलम्यान' र राज कटुवाल अभिनित 'लिला' रहेको छ । म्युजिक भिडियोको साथै युट्युबमा सिरिजहरु निर्देशन गरेर सफल भएका नितिन चन्दले चलचित्र जोनी जेन्टलम्यानलाई निर्देशन गरेका हुन् । पहिलो पल्ट बिग सिनेमा निर्देशन गरेका नितिनको जोनी जेन्टलम्यानमा पल शाह, आँचल शर्माको जोडी जमेको छ । केही समय अघि सार्वजनिक भएको चलचित्रको ट्रेलर र गीतले चर्चा कमाइसकेको छ । एक्सन लभस्टोरी सिनेमालाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् । ‘जोनी जेन्टलम्यान’मा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय छ ।रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन रहेको सिनेमामा पारसविक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको पटकथारसंवाद छ ।
त्यस्तै यता रमेश कोइरालको निर्देशन रहेको चलचित्र लिलामा सस्पेन्स कथामा आधारित रहेको छ । चलचित्रमा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र ‘लिला’मा लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल)को लगानी रहेको छ ।