नायिका पूजा शर्मा प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा उत्रिएकी छिन् l बुद्ध पूर्णिमाको दिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला आयोजित ध्यान र पूजामा देउवाको बडी ल्यांग्वेजलाई लिएर टाइमटाइलमा टिप्पणी हुनुका साथै  देउवाका सहोदर भाइ प्रेमबहादुरको दिवगंत भएको सन्दर्भमा उनी देउवाको बचाउमा उत्रिएकी हुन् l सामाजिक सञ्जाल मार्फत देउवाको पक्षमा पूजाले लेखेको स्ट्याटस यस्तो छ l उनी लेख्छिन्, ‘उता भाइ मृत्युसँग लडिरहेको बेला यता दाइ कसरी रमाइलो गरेर आनन्दसँग बस्न सक्थे । यस्तो अवस्थामा विरोधीको नजरले होइन । असल मानवको नजरले हेर्नुहोस् ।’