‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ बाट गायिका अस्मिता अधिकारीलाई सम्मान गरिने भएको छ l  छिन्नलता गीत पुरस्कार गुठीले अधिकारीलाई सम्मान गर्ने निर्णय गरेको हो l उक्त पुरस्कार सम्मानित हुने खबर अस्मिताले आफ्नो सञ्जाल मार्फत बताएकी हुन् l सामाजिक सञ्जाल खुसी ब्यक्त गर्दै उनले लेखेकी छन् ‘नेपाली संगीत जगतको यति ठुलो सम्मान मेरा लागि गीत संगीत क्षेत्रमा अझै अघि बढ्न ठुलो प्रेरणा हुनेछ’