फिल्म ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री भएको छ । झरना थापाको निर्देशन रहने फिल्मलाई नमस्ते इन्टरटेनमेन्ट अमेरिकालाई शो राइट बिक्री गरेको हो ।  नमस्ते इन्टरटेनमेन्ट र ‘भागवत गीता’ का निर्माता सुनिल कुमार थापाबीच मंगलबार सम्झौता भएको हो ।

साउनको अन्तिम साताबाट फ्लोरमा निस्कने ‘भागवत गीता’ मा सुहाना थापाको मुख्य भुमिका रहनेछ । ल्मको अभिनेता र अन्य टिम केही समय पनि सार्वजनिक गर्ने निर्माण युनिटको योजना छ । फिल्म अहिले प्रि–प्रोडक्सनमा रहेको छ ।