भोलि बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाइफ इन एलए’ ले प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ l ललितपुर स्थित क्युएफएक्स लविम मलमा राखिएको प्रीमिएरमा कलाकार र पत्रकारहरूको बाक्लो उपस्थित रहेको थियो l प्रीमिएरमा निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपक श्रेष्ठ, वितरक कोपाल काजी कायस्थ, क्युएफएक्सका सञ्चालक नकिम उद्दिन, अभिनेता सन्दीप क्षेत्री, नेपाली फुटबल टिमका पूर्व कप्तान बिराज महर्जन लगायत पुगेका थिए l निर्माता अर्जुन कुमारले पनि सिनेमा आफूलाई मन परेको बताए । नयाँ सोचसहित सिनेमा निर्माण गरेको देख्दा खुसी लागेको भन्दै हेरिरहेको सिनेमाभन्दा फरक लाग्छ । त्यस्तै, फुटबल खेलाडी बिराज महर्जन र भरत खवासले सिनेमामा वास्तविक कथालाई प्रस्तुत गरिएकाले मन छोएको बताए । उनीहरूले निर्माता बिस्सुले नेपाललाई पुर्‍याएको योगदानको पनि प्रशंसा गरे । साथै नायिका तथा निर्देशक दीपाश्री निरौलाले ‘हामी अमेरिकालाई सपनाको देश मात्र भन्छौँ । तर, त्यहाँ गएपछिको लाइफस्टाइल कस्तो हुन्छ भन्नेबारेमा हामीलाई थाहा नै हुँदैन । सिनेमामा यी सबै कुरालाई देखाइएको छ । अमेरिका नगए पनि फिल्म बाट धेरै बुझ्न पाइने बताइन् l फिल्म ‘लाइफ इन एलए’ को दृश्य अमेरिकामा र नेपालमा खिचिएको छ l वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित रहेको छ l  फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मका निर्माता व्यास बिस्सु र राजेन्द्र ठकुरी हुन् भने संसार सुवेदी कार्यकारी निर्मातामा रहेका छन् । शिल्पा मास्के र गौरव पहारीको अलावा फिल्ममा अकेशा विष्ट, व्यास बिस्सु, जेरेड विलप्स, बुद्धि तामाङ, विष्णु गौतम लगायतको मुख्य भूमिका रहेको छ l