अभिनेत्री सुरक्षा पन्त विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा पुगेकी छन् l आफु अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ प्रिमियरको लागि उनी कान्स पुगेकी हुन् l रेडकार्पेटमा वाक गर्ने पहिलो नायिका बनेकी सुरक्षाको केही तस्विरहरु बाहिरीएका छन् l रातो गाउनमा सजिएकी सुरक्षा कान्स रेडकार्पेटमा आकर्षक देखिएकी थिइन् । नेपाल र इटालीका हिमालयमा छायांकन गरिएको फिल्ममा सुरक्षाको समेत मुख्य भूमिका छ । १२ दिनसम्म चल्ने कान्समा यसपटक २५ फिल्म मुख्य विधामा प्रतिस्पर्धामा उत्रिएका छन् ।