फ्राइडे रिलिजमा तीन फिल्म प्रदर्शनमा आएअका छन् l  एक नेपाली फिल्म र दुई बलिउड फिल्म प्रदर्शनमा आएका हुन् l नेपाली फिल्म ‘लाइफ इन एलए’ दुई बलिउड फिल्म ‘भुलभुलैया २’ र ‘धाकड’ रहेका छन् l सुर्यएन श्रेष्ठ निर्देशित ‘लाइफ इन एलए’ मा ब्यास बिसु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । यसै गरी ‘भुलभुलैया २’ र ‘धाकड’ मा कार्तिक आर्यन, कायरा आडवाणी र तबुको मुख्य भूमिका रहेको छ l  बलिउड फिल्म ‘भुलभुलैया २’ कमेडी हरर फिल्म हो । भने , कंगना रनावत स्टारर ‘धाकड’लाई रजनीस घइले निर्देशन गरेका हुन् । एक्सन–थ्रीलर यो फिल्ममा कंगनासहित अर्जुन रामपाल र दिब्या दत्तको समेत मुख्य भूमिका छ ।