फिल्म ‘घनचक्कर’ले प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै आगामी असार १० गतेलाई प्रदर्शन मिति तोकिएको हो l पोस्टरमा फिल्मका दुई मुख्य अभिनेता सौगात मल्ल र सलोन बस्नेतलाई देखाइएको छ । उनीहरू आक्रोशित मुद्रामा एक अर्कासँग झम्टिन खोजेको पोस्टरमा देख्न सकिन्छ । फिल्मलाई निर्देशक जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुणा अर्याल र संगम भट्टको लगानी छ । भट्ट एन्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा छन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा/संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डी गुरुङको सम्पादन छ । फिल्ममा जेबी डिसी, सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, जनक घर्तिमगर, दामोदर पौडेललगायतको पनि अभिनय छ ।