नेपाल मोडलिङ संघले ब्युटी पेजेन्टको नाममा गलत गर्नेलाई कारबाही गर्न माग राखेको छ l हालै सामाजिक सञ्जाल एक किशोरीले आफू माथि शोषण गरेको भन्ने भिडियो यो खबर निक्लिएको हो l संघका अध्यक्ष दिनेश शाहीले ब्युटी पेजेन्टको नाममा बारम्बार बलात्कार भएको घटनाले दुखित बनाएको भन्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माघ राखेको बताएका छन् l साथै पीडित किशोरीले न्याय पाउनु पर्ने उनको अभिव्यक्ति छ l शाहीले ‘कुनै पनि पेसाको नाममा यस्तो घटना हुनु पक्कै पनि राम्रो होइन’ उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ‘यो एक महिलामाथि भएको हिंसा मात्र होइन, मानव समाजलाई नै लज्जित बनाउने घटना हो ।’ शाहीले घटनाको विषयमा सत्य तथ्य छानबिन गरेर पीडितलाई सजाए दिँदै पीडितलाई न्याय दिनुपर्ने धारणा समेत राखेका छन् । ‘म व्यक्तिगत तथा नेपाल मोडलिङ संघको तर्फबाट जोडदार माग गर्दछु’ शाहीले अगाडि लेखेका छन्, ‘यस्ता घटनाले ब्युटी पेजेन्टको क्षेत्रमा राम्रो काम गर्नेलाई समेत असर पर्ने गरेको छ ।’ शाहीले सौन्दर्य प्रतियोगितामा भविष्य खोज्ने सबैलाई सचेत रहन समेत अनुरोध गरेका छन् ।