रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ नेपाल भित्रिएका छन् । अमेरिकाको चर्चित रियालिटी शो नेपाल भित्र्याइएको औपचारिक रुपमा घोषणा गरिएको l मेरो डान्स कप युएसए’को निर्णायकमा कलाकारहरू मिथिला शर्मा, दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी, शंकर बिसी र नमन राई छन् । त्यस्तै, ‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, मुस्कान मगर, सुजता बर्मा र अर्जुन पालिखे रहेका छन् । दुवै कार्यक्रमको फाइनल भने अमेरिकामा हुनेछ । प्रतियोगिताको प्रथम विजेताले ¥याभफोर कार, दोस्रोले गोल्डेन कप र तेस्रोले सिल्भरकपसँगै नगद राशी र गिफ्ट पाउने छन् l आयोजक संस्था इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका सचिव गोपाल धितालको अनुसार चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ भने टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुती दिनेछन् ।