फिल्म `प्रेम गीत ३´ को रिलिज मिति सार्वजनिक भएको छ । कोरोना भाइरसको त्रासका कारण निर्माण टिमले फिल्मको रिलिज मिति बारम्बार पोस्ट्पोन्ड गरे सँगै निर्माण टिमले अब भने फिल्मलाई रिलिज गर्ने अठोट गरेका हुन् l फिल्म अब यही बर्षको दसैं यानिकी घट्स्थापना बाट प्रदर्शन हुने भएको छ l फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले उक्त कुराको जानकारी आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका हुन् । निर्माता सन्तोष र छेतान गुरुङको संयुक्त निर्देशनमा तैयार भएको फिल्ममा प्रदीप खड्का,क्रिस्टिना गुरुङ,शिव श्रेष्ठ माओत्से गुरुङ लगायत  कलाकारहरूको अभिनय रहेको छ ।