फिल्म 'चिसो मान्छे'को ट्रेलर सार्वजनिक भएको छ l युट्युब च्यानल ओ एस् आर डिजिटल बाट ट्रेलरलाई रिलिज गरिएको हो l फिल्ममा मुख्य कलाकार अर्पण थापा , नायिका स्वस्तिमा खड्का र देश भक्त खनाललाई फिचर्ड गरिएको छ l ट्रेलरमा नायिका स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छन् ।  दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् l  फिल्मले मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गर्छ l फिल्मलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनीले मोफसलमा वितरण गर्नेछ ।

 

 ‘चिसो मान्छे’मा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।  फिल्मलाई दीर्घ गुरुङले सम्पादन गरेका छन् । आउँदो वर्ष अर्थात् २०७९ सालको असार ३ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको छ l