स्वरूपराज आचार्यको स्वर रहेको नयाँ गीत 'खोजी हिँडेको' भिडियो सार्वजनिक भएको छ । गीतकार भमा देवकोटा शर्माको रचना रहेको गीतमा विष्णु तामाङले संगीत दिएका छन् ।

भिडियोका निर्देशक भने वसन्त सापकोटा हुन । दीपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रारम्भ क्रिएसन नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।प्रमोद शर्मा र अमृता श्रेष्ठले भिडियोमा अभिनय गरेका छन् l