सिनेमा 'दोख' को रिलिज मिति तय भएको छ l निर्माण टिमले अधिकारिक पोस्टर सार्वजनिक गर्दै असार २४ गते सिनेमा रिलिज हुने जानकारी गराएका हुन् l सिनेमालाई राजन कठैतले लेखेका हुन् । अनुप बरालले निर्देशन रहेको सिनेमामा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ लगायत कलाकारको सिनेमामा अभिनय रहेको छ । ‘दोख’मा आभास र पुष्प संगमको संगीत रहेको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् । जनयुद्धको पृष्ठभूमिमा दुई गाउँबिचको दुष्मनीको कथालाई सिनेमामा प्रस्तुत गर्छ ।