बलिउड अभिनेता सलमान खानको कन्सर्ट स्थगित गरिएको छ । आगामी शनिवार दशरथ रंगशालामा हुने तयारीमा रहेको कार्यक्रम स्थगित बारे आयोजक टिमले बिग्यप्ती मार्फत जानकारी गराएका हुन् l आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘द ब्याङ रिलोडेड टुर’ रोकिएको पुष्टि गरे । स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षात्को समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको बिग्यप्तीमा उल्लेख गरिएको छ l ओडीसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कन्सर्ट स्थगित भएको यो दोश्रो पटक हो l