‘कबड्डी ४’लाई भारतको १४ सहरमा रिलिज हुने भएको छ l मंगलबार पश्चिम बंगालको सिलीगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा फिल्म रिलिजको औपचारिक घोषणा गरिएको हो l नेपाली भाषीको धेरै बसोबास रहेका सहरहरू सिलीगुडी, गुवाहाटी, दार्जिलिङ, कालिम्पोङसहितका सहरमा फिल्म देखाइन लागिएको हो । रामबाबु गुरुङले निर्देशनमा तयार भएको फिल्ममा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको पनि अभिनय छ । नेपाली फिल्मको प्रदर्शन इतिहासमा यति धेरै भारतीय सहरमा एकै पटक फिल्म प्रदर्शन गर्न लागिएको यो पहिलो पटक हो । फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।