फिल्म 'चिसो मान्छे' आगामी असार ३ गते नेपालसहित अमेरिका र क्यानडामा पनि एकै दिन रिलिज हुने भएको छ । आत्रेय प्रोडक्सन एण्ड नेपाल इलेभेन इन्टरटेनमेन्टले फिल्मलाई अमेरिका र क्यानडामा सोही दिनमा प्रदर्शन गर्न लागेको हो । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् l फिल्मले मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गर्छ l फिल्मलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनीले मोफसलमा वितरण गर्नेछ । फिल्ममा मुख्य कलाकार अर्पण थापा , नायिका स्वस्तिमा खड्का र देश भक्त खनाललाई फिचर्ड गरिएको छ l असार ३ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको छ l