आज बाट प्रसारणमा आउने भनिएको कलाकार केदार घिमिरे उर्फ 'माग्ने बुढा'को सो ‘कमेडी हब’ प्रसारण नहुने भएको छ l प्राविधिक तयारी नपुगेकाले कार्यक्रम स्थगित गरिएको हो l अब जेठ १८ गतेदेखि कार्यक्रम नियमित रुपमा प्रसारण हुने छ । एक दर्जनभन्दा बढी नयाँ पुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गरेका हुन्। कार्यक्रममा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेश पन्त,सुबोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईँ, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किनेछन् । जनक दीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको श्रृंखला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्य कविताका विधा समेटिने छ l कार्यक्रम एपि वान बाट हरेक बुधवार बेलुका ८ बजे प्रसारण हुने छ l