सलोन बस्नेत र नायक सौगात मल्ल अभिनीत कमेडी फिल्म 'घन चक्कर' को ट्रेलर सार्वजनिक गरिएको छ l सार्वजनिक ट्रेलरमा एक केटीका लागि दुई पुरुष पात्र बिचको घम्साघम्सी र पैसा कमाउन गलत काममा होमिने पात्रहरूको कथालाई देखाइएको छ । फिल्मलाई निर्देशक जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुणा अर्याल र संगम भट्टको लगानी छ । भट्ट एन्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा छन् ।

सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा/संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डी गुरुङको सम्पादन छ । असार १० गतेबाट प्रदर्शनमा फिल्ममा जेबी डिसी, सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, जनक घर्तिमगर, दामोदर पौडेललगायतको पनि अभिनय छ ।