गीति फिल्म ‘मानिस ठुलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । पत्रकार सम्मेलन आयोजना गर्दै निर्माण टिमले फिल्म बारे जानकारी दिएका हुन् l करिब १५ दिन छायांकन हुने फिल्मलाई देवेन्द्र पाण्डेले निर्देशन गर्ने छन् l सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको बुधवारबाट छायांकन सुरु भएको छ । फिल्ममा मोहन निरौला, उत्तम केसी, सरूँ सुनवार, शुभम् आचार्य र सविना न्यौपानेको पनि अभिनय रहनेछ । फिल्मलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् फिल्मलाई उत्सव दाहालले खिच्नेछन् भने सम्पादन विकास दाहालले गर्नेछन् । फिल्म निर्माण भएपछि विभिन्न ठाउँमा च्यारिटीसहित हलमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य छ । फिल्मको मुहूर्त सट कलाकारहरू अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । फिल्ममा उनीहरूको जोडी बाँधिएको छ ।