मिस नेपाल इन्टरनेशनल २०१७ नीति चाडै नै ठुलो पर्दामा देखिने भएकी छन् l केही समय अगाडी देखी नै उनले ठुलो पर्दामा पाइला राख्न लागेको खबर चर्चामा थियो l चर्चामै सीमित रहेकी नीति कुन फिल्ममा देखिँदै छिन् भन्ने खबर चाहिँ सार्वजनिक भएको थिएन l हालै पनि उनी यस्तै चर्चाको घेरामा परेकी छिन् l यो पटक भने नीति चाडै फिल्ममा देखिने सम्भावना रहेको बुझिएको छ। नीतिका म्यानेजर नीराजन गिरीको अनुसार यस पटक नीति फिल्ममा देखिने पक्का पक्की भएको छ l तर उनी कुन फिल्ममा देखिँदै छिन् भने खबर नीराजनले खुलाएका छैनन् l