फिल्म ‘वर एन्ड वधू’को औपचारिक निर्माण घोषणा गरिएको छ ।मिलन चाम्सले निर्देशन निर्माण हुने फिल्ममा अभिनेत्री आँचल शर्मा र डेव्यु अभिनेता विवेक कर्माचार्यको जोडी बाँधिएको छ ।विजय लामा, रमेश बुढाथोकी, रवीन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्का लगायतको फिल्ममा अभिनय रहनेछ । फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि विशेष भूमिकामा हुनेछिन् जेठ अन्तिमबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्म लभ स्टोरी कथामा निर्माण हुने छ l नेपाली र हिन्दी भाषामा निर्माण हुने भनिएको सिनेमामा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुसालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, राजेश पायल राई, दीपक लिम्बु, अन्जु पन्त, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दासको गीतमा स्वर रहनेछ l फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । रोमानिया, इटली, फ्रान्स र नेपालमा फिल्म खिचिने छ l