आज दोश्रो दिन पनि  'कबड्डी ४' को आक्रामक व्यापार भएको छ l आज पनि नेपालका अधिकांश सिनेमा घरहरूमा पनि दर्शकको चाप रहेको छ l  आज शनिवार बिहानैदेखि हलमा दर्शकको घुइँचो लागेको छ । दर्शकको उपस्थिति राम्रो भएपछि अभिनेता दयाहाङ राई, सौगात मल्ल, मिरुना  मगरसहितको टोली उपत्यकाको हलमा बिहानै पुगेका थिए ।

Cine pati Cine pati Cine pati Cine pati

रामबाबु गुरुङले निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई , सौगात मल्ल , बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको पनि अभिनय छ ।

फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ l