लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२ ’ आयोजना हुने भएको छ l थर्ड आईको आयोजनामा बेलायतको राजधानीमा हुने फेस्टिभलको पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो l नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्याउँनुका साथै नेपाली कला , संस्कृतिलाई समेत प्रवर्द्धन गर्ने उद्दस्यका साथ आयोजना गर्न लागिएको फेस्टिभलमा पालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस सहभागी हुनेछन् l आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरूको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ ।घोषणा कार्यक्रममा कलाकार निर शाह, नायिका करिश्मा मानन्धर, निरुता सिंह, नायक सरोज खनाल नम्रता सापकोटा , गायक विक्रम जंग शाह , अभिनेता भुवन केसी , चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष सन्दीप सापकोटा , फिल्म लेखक तथा समीक्षक सामीप्य तिमल्सेना , अभिनेता यशराज ग्राच , अभिनेत्री पुजना प्रधान लगायतको उपस्थिति रहेको थियो । ५ दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने छ ।