विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ले अवार्ड आफ्नो पोल्टामा हालेको छ l 'लोरी' नै पहिलो नेपाली फिल्म बनेको छ जसले पहिलो पटक कान्समा अवार्ड जितेको हो । कान्समा यस पटक १४० देशका ३ हजार ५०७ फिल्मले आवेदन दिएका थिए । जसमध्येबाट उत्कृष्ट ९ वटा फिल्म छनोट गर्दा नेपाली फिल्म ‘लोरी’ पनि छनोट भएको हो । अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ले स्पेसल मेन्सन अफ द जुरी अवार्ड अवार्ड जितेको हो ।