असोज ११ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ को जम्बो टोली यति बेला मोफसल प्रचार प्रसारमा छ ।

यात्रामा निर्देशक दिपाश्री निरौला, निर्माता तथा अभिनेता दिपकराज गिरी, नायिका प्रियंका कार्की, वर्षा राउत, कलाकारहरू जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, स्वरूप पुरुष ढकाल छन् । 

मोफसलका विभिन्न सहरमा कार्यक्रम गरेर चलचित्र टिम शनिवार हेटौडा पुगेको छ ।

जहाँ दिपकराज, दिपाश्री, प्रियंका, जितु, केदार, वर्षा र स्वरूपले दर्शकलाई भरपुर मनोरञ्जन दिलाए ।

दीपक र प्रियंकाले झ्याम्म झ्याम्ममा ठुम्का लगाउँदा जितु र केदारले कमेडी मार्फत दर्शकलाई रमाइलो गराए ।

यस्तै वर्षा र पुरुषले नाइलनको साडीमा नाच्दा निर्देशक निरौलाले चलचित्रबारे जानकारी दिइन् ।