अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा रिहा भएका छन् । तामाङ धरौटीमा रिहा भएका हुन् l चौतर्फी रुपमा आलोचना भएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई तीन हजार धरौटीमा छोड्ने आदेश दिएको हो ।  आइतबार फिल्म ‘कबड्डी ४’ हेरेर फर्किएका दर्शकहरूसँग काठमाडौँको सिभिल मलमा सेल्फी खिच्ने क्रममा बौद्ध भिक्षु तामाङले पिठ्यूँमा गलत नियतले छोएको भन्दै मिरुनाले गालामा थप्पड हानेकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यस कुराले उग्र रुपलिएको थियो भने आज चावेल स्थित के एल सिनेमा हल कबड्डीको प्रदर्शनमा पनि रोक् लगाइएको थियो l