फिल्म ‘आँखा’ निर्माण हुने भएको छ l जौन योञ्जनले फिल्म निर्माण गर्न लागेका हुन् l ढाका टोपी फिल्मस्, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा लामा सिनेमाको प्रस्तुति रहेको फिल्मको कथा योन्जनले नै लेखेका हुन् l फिल्मको कार्यकारी निर्मातामा राजेन्द्र घतानी छन् lजेठ २० गतेबाट छायांकन सुरु हुने फिल्ममा आर.के. मेहता, अस्मिता लामिछाने, बुद्धि तामाङ, निशा अधिकारी, विजय बराल, पशुपति राई, राजन खतिवडा, रेनुका कार्की ढोली, रवीन्द्र झा लगायतको अभिनय रहने छ l फिल्ममा दीपक आर.जेको संगीत र अलोक सुक्लाको छायांकन रहनेछ । फिल्मलाई आरआर फिल्मस् (रोहित कट्टेल र रत्न श्रेष्ठ) ले देशभर वितरण गर्नेछ ।