‘गन्तव्य’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ l आरके खत्रीको आवाज रहेको गीतमा र्याप सूर्य अधिकारीको रहेको छ l  प्रकाश लामाको म्युजिक एरेञ्ज रहेको गीतको शब्द गायक द्वय खत्री र अधिकारीले लेखेका हुन् । एक्सन शैलीमा तयार गरिएको भिडियोमा सुरक्षा पन्त देखिएकी छन् l  उनी एक्सन अवतारमा प्रस्तुत छिन् ।

साथै उनको जोडीमा मोडल नीराजन प्रधान देखिएका छन् । निर्देशक हरि हुमागाईँको निर्देशन तथा कन्सेप्टमा बनेको भिडियोलाई उत्तम हुमागाईँ र राजेन्द्र हुमागाईँले संयुक्तमा खिचेका हुन् l प्रवीण श्रेष्ठले भिडियोको सम्पादन गरेका हुन् l