'कबड्डी ४' ले बक्स अफिसमा १२ करोडको कमाइ गरेको छ l रिलिजको चौथो दिन् सम्म आइपुग्दा फिल्मले यतीको कमाइ गरेको हो l पहिलो दिन बाट हाउस फुल बनेको फिल्मलाई दर्शकले अत्यधिक रुचाएका छन् l फिल्मलाई बिग मुभिजले १७ र एफक्युबले पनि १७ शो दिएका छन् । कीर्तिपुर हलमा ६ वटा शो सबै हाउस फुल छन् । यस अघि बलिउड फिल्म केजिएफले ८० शो पाएको थियो l बलिउडले पाएको शोको रेकर्ड ब्रेक गर्दै फिल्म 'कबड्डी ४' ले ९० भन्दा बढी शो पाएको छ l राम्रो प्रचारप्रसार गर्‍यो भने नेपाली फिल्मले विदेशीलाई विस्थापित गर्छ भन्ने यो फिल्मले देखाइदिएको छ l रिलिजअगाडि नै फिल्मले डिजिटल राइट्स र ओभरसिज राइट्स (विदेश व्यापार) बाट लगानी उठाइसकेको छ । रामबाबु गुरुङले निर्देशनमा तयार भएको फिल्ममा दयाह्याङ राई , सौगात मल्ल , बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको पनि अभिनय रहेको छ l