वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित ३० औँ कृति ‘डियर भ्याक्सिन’ शीर्षकको उपन्यास सार्वजनिक गरिएको छ l मंगलबार पत्रकार सम्मेलन गर्दै उपन्यास सार्वजनिक बारे जानकारी गराइएको हो l ओएस नेपालद्वारा प्रकाशित उपन्यासको अडियो पनि सार्वजनिक गरिएको छ l अडियोमा भाष्कर श्रेष्ठको आवाज सुन्न सकिन्छ l उपन्यासको सो अडियो भर्सन युट्युबमा अपलोड भइसकेको छ l साथै ओएस नेपालले कार्यक्रममा  भाष्करलाई ‘भ्याक्सिन आवाज’ सम्मानबाट सम्मानित पनि गरिएको थियो l कार्यक्रम भक्तपुर पत्रकार महासङ्घ अध्यक्ष पुष्करराज बुढाथोकी ‘साउँतेली’ ले सञ्चालन गरेका थिए । समारोहमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’, ओएस नेपालका गबोड अफ डाइरेक्टर हरि अधिकारी, पत्रकार गीता अधिकारी, गायक दिनेश थानी, गायक / सङ्गीतकार चिरञ्जीवी भण्डारी, विनोद श्रेष्ठ, हरिशरण लवजू आदिले सुरेन्द्र महर्जनको बारेमा बोलेका थिए ।