फिल्म ‘अभिन्न’को गीत ‘मान्छे’ रिलिज भएको छ । कर्मा शाक्य मुख्य भूमिका रहेको फिल्मको गीत युट्युब च्यानल हाइलाइट्स बाट सार्वजनिक गरिएको हो l गीतमा राजीव सुनारको स्वर छ भने रञ्जित गजमेरले संगीत भरेका छन् l

फिल्म निर्देशक प्रशान्त रसाइलीले गीत लेखेका हुन् ।  लैनसिंह बाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’मा आधारित फिल्म दार्जिलिङमा छायांकन गरिएको हो । बाङ्देलले २००८ सालमा लेखेको यो उपन्यासले दार्जिलिङ बजारमा डुलिरहने एक अपांग व्यक्तिले भोग्नुपरेको कारुणिक कथा र उसलाई सघाउने कुकुरको चरित्रलाई प्रस्तुत गरेको छ ।नेपालमा समेत फिल्म प्रदर्शनको तयारी छ ।